• २०८३ बैशाख ८ गते मङ्गलवार

कांग्रेसलाई रास्वपाको जवाफ : गृहमन्त्री बन्दा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा पनि खोज्नुपर्छ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३०, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेसलाई जवाफ फर्काएको छ। बुधबार प्रतिनिधिसभामा कांग्रेस सचेतक सुशीला थिङ र रास्वपा उपसभापति स्वर्णिम वाग्लेबीच सवाल–जवाफ भएको हो।

बैठक सुरु हुनसाथ कांग्रेस सचेतक थिङले सहकारी ठगीमा संलग्नलाई गृहमन्त्री बनाएर प्रधानमन्त्रीले उथलपुथल गरेको भन्दै रास्वपा सभापतिसमेत रहेका उप्रधान एवं गृहमन्त्रीमाथि व्याग्य गरेकी थिइन्।

सचेतक थिङले भनेकी थिइन्, ‘उहाँ (प्रधानमन्त्री)कै भाषामा भन्न चाहन्छु, उहाँले सहकारी ठगीमा जोडिएका र पोखरा महानगरले प्रतिवेदन दिएर अनुसन्धानमा रहेकलाई गृहमन्त्री बनाएर ल्याउनुभएको छ। साँच्चिकै उथलपुथल गर्नुभएछ।’

त्यसको जवाफमा रास्वपा उपसभापति वाग्लेले गृहमन्त्री बन्दा आफ्नो पार्टीको सभापतिको नैतिकता खोज्ने कांग्रेसले प्रधानमन्त्री अफर गर्दा भने बिर्सेको बताए। उनले भने, ‘गृहमन्त्री बन्दा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा पनि खोजिनुपर्ने हो नि।’

Sharing

प्रतिक्रिया दिनुहोस