• २०८३ जेष्ठ ३१ गते आइतवार

एसिसि महिला प्रिमियम कप : नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १, काठमाडौं ।मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज नेपालले माल्दिभ्सको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि मलेसियाको वाईएसडी ओभलमा हुदै छ ।

नेपालले यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने माल्दिभ्सले यस अघिका दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालले यसअघि हङकङ र भुटानमाथि ८-८ विकेटको जित हासिल गरेको थियो । त्यस्तै माल्दिभ्स भने भुटानसँग ९४ रनले तथा हङकङसँग १७२ रनले हार बेहोरेको थियो ।

आजै समुह डी कै भुटान र हङकङले पनि समुह चरणको अन्तिम खेल खेल्दै छन् । यो खेल पछि क्वाटरफाइनलको समीकरण तय हुने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस