• २०८३ बैशाख १६ गते बुधवार

१८ देशका राजदुतको सुनवाई भोली देखी

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २८, काठमाडौं । केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदुतको भोली देखी सुनवाई सुरु हुने भएको छ । हालै ओली सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाइ प्रक्रिया मङ्गलवार देखि सुरु हुन लागेको हो ।

संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर जबराले जानकारी दिएका छन् । उनका अनुसार सो सुनवाई प्रक्रिया सङ्घीय संसद् सचिवालयमा हुनेछ । उनका अनुसार १२ः३० वाट सुरु हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस