• २०८३ बैशाख ८ गते मङ्गलवार

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३०, काठमाडौं । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्‍को बैठकले वैशाख २ गते राति १२ बजेदेखि लागू हुने गरी संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरिरहेको अवस्थामा सरकारले संसदको अवरोध खुलाउनुको सट्टा अधिवेशन नै अन्त्य गर्न सिफारिस गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस