फागुन २९, काठमाडौं । हङकङ टी ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालले पीएनजीलाई १ सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनाएको छ ।

ओपनर कुशल भुर्तेलको ५९ रनको इनिङ्समा सन्दीप जोराले २६ बलमा ५६ रनको बिस्फोटक इनिङ्स खेले । लोकेश बलले ६ बलमा १४ रन बनाए भने बिनोद भण्डारीले २७ रन बनाएको खेलमा कप्तान रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए । विवेक यादवले ४ बलमा १९ रन र गुलसन झा १५ रनमा नटआउट रहे ।
पीएनजीका नार्मन बनुआ, नोसेना पोकाना र जान कारिकोले समान एक एक विकेट लिए ।