• २०८३ बैशाख ९ गते बुधवार

पिएनजीविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २९, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पिएनजी)सँग खेल्दैछ। पिएनजीविरुद्ध नेपालले अहिले ब्याटिङ गरिरहेको छ। पिएनजीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो।

आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ। अभिनाश बोहोराको स्थानमा नेपालले आज आकाश चन्दलाई अवसर दिएको छ। नेपालले हङकङसँग पहिलो खेल वर्षाको कारण रद्द भएपछि अंक बाँडेको थियो ।

यो खेल जिते नेपाल फाइनल पुग्ने छ। त्रिकोणात्मक सिरिजको फाइनल खेल फागुन ३० गते हुने छ।

Sharing

प्रतिक्रिया दिनुहोस