• २०८३ बैशाख १६ गते बुधवार

सूचना आयोगका प्रमुख आयुक्त आचार्यद्वारा शपथ ग्रहण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २६, काठमाडौं । राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा‍. सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री निवासमा आज बिहान भएको समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख आयुक्त आचार्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

यस्तै प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आयुक्त आचार्यले नवनियुक्त आयुक्त गगन विष्ट र दुर्गा भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रूपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभयो ।

असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अल्मल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने भन्दै उहाँले सूचनाको हक उपयोग गर्दा त्यो न्यायोचित भए नभएको निर्क्याेल गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, मन्त्रालयका सचिव राधिका अर्याललगायतको उपस्थिति थियो । यही मङ्सिर ६ गतेको मन्त्रिपरिषद्को बैठकले उहाँहरूलाई आयोगमा नियुक्त गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस