• २०८३ बैशाख ५ गते शनिवार

छुट्टाछुट्टै स्थानमा डुबेर चार जनाको मृत्यु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २९, काठमाडौं । छुट्टाछुट्टै स्थानमा डुबेर चार जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार भोजपुरको आमचोक गाउँपालिका-१० स्थित दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर सोही गाउँपालिका-६ देवानटार बस्ने २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राईको मृत्यु भएको छ ।

सिन्धुलीको दुधौली नगरपालिका-१३ स्थित सान्दाने खोलामा पनि पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका-१३ लेखडाँडा बस्ने सुरज मगरको छोरा ८ वर्षीय श्रवण मगरको मृत्यु भएको छ । डुबेर घाइते भएका उनको नगर अस्पताल सिर्थौली दुधौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी रूकुम पश्चिमको वाफिकोट गाउँपालिका-४ छिनखेतस्थित फोहोर पानी जम्मा हुने खाडलमा डुबेर दैलेख भगवतीमाई गाउँपालिका-५ घर भएकी याम कुमारी थापाको छोरा ५ वर्षीय हिमेश थापाको मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस