• २०८३ असार ४ गते बिहिवार

एमाले गोरखाको अध्यक्षमा थापा विजयी

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, गोरखा। नेकपा एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र बहादुर थापा विजयी भएका छन । उनले आफ्नो प्रतिद्वन्द्वी कृष्ण बहादुर नेपालीलाई ७५ मत अन्तरले पराजित गरेका हुन ।

विजयी थापाको २८० र पराजित भएका नेपालीको २०५ मत प्राप्त गरेका छन । उपाध्यक्ष, सचिव र उपसचिव खुलातर्फमा थापा प्यानलका मेन बहादुर अधिकारी,   काजीराम रोका र मनोज कुमार जोशी विजयी भएका छन । उपसचिव महिलामा शान्ता चापागाईँ विजयी भएकी छन ।

एमाले गोरखाको नयाँ नेतृत्व चयनको लागि आठौँ अधिवेसन सुरु भएको तीन दिन पछि आइतबार निर्वाचन भएको हाे । निर्वाचनमा विभिन्न कलष्टर गरी जम्मा ६०६ जना प्रतिनिधिमा ५०९ मत खसेको थियो ।

निर्वाचनको अन्तिम परिणाम सोमबार बिहान ३ बजे मात्र सार्बजानिक भएको हो । गोरखामा नेकपा एमालेका सबै निर्वाचित पदाधिकारी तथा सबै सदस्यहरू पृथ्वी सुब्बा गुरुङको प्यानलबाट निर्वाचनमा प्रतिस्पर्धा गरेकाहरूले मात्रा जित हासिल गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस