• २०८३ जेष्ठ ३ गते आइतवार

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २६, काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वरस्थित सुब्बा गेष्‍ट हाउसबाट जुवातास खेलिरहेको अवस्थामा खोटाङ साकेला नगरपालिका-१ घर भएका २५ वर्षीय प्रकाश रोक्का लगायत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ७ सय ८५ रूपैयाँ र २ बुक तासहित पेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस