• २०८३ जेष्ठ २७ गते बुधवार

रुसी सेनामा भर्ती भएका थप एक नेपाली युवाको मृत्यु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २६, काठमाडौं । रुसी सेनामा भर्ना भर्ती भएका थप एक नेपाली युवाको ज्यान गएको छ । मृत्यु हुनेमा प्युठानको प्युठान नगरपालिका–४ काठेवरका सोनु सुनार रहेका छन् ।

नेपाली कांग्रेस, प्युठानका उपसभापतिसमे रहेका वर्माले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन्।मृतक सुनार दुई वर्षअघि दुबई गएका थिए, उनी उतैबाट रुस गएका बुझिएको छ ।

हालसम्म रुसी सेनामा कार्यरत ११ नेपालीको निधन भएको छ। यसअघि परराष्ट्र मन्त्रालयले १० जनाको निधन भएको विवरण सार्वजनिक गरेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस