• २०८३ बैशाख ४ गते शुक्रवार

नेकपा (एमाले) तारकेश्वर ११ को अध्यक्षमा खड्ग बहादुर लामा

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २६, काठमाडौं । नेकपा (एमाले) तारकेश्वर नगरपालिका वडा नं. ११ को वडा कमिटीको दोश्रो अधिवेशन सम्पन्न भएको छ । के ए बी व्याङ्केट, नेपालटारमा भएको दोश्रो अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा खड्ग बहादुर लामा निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा काठमाडौं इन्चार्ज आनन्द पोखरेलको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा बाग्मती प्रदेश कमिटी सदस्यहरु श्याम घिमिरे, प्रकाश अधिकारी, सतिाराम रेग्मी, अमन मास्के, कृष्णप्रसाद अधिकारी, जिल्ला कमिटी अध्यक्ष दिपक निरौला, तारकेश्वर नगरपालिकाका पुर्व मेयर रामेश्वर बोहोरा लगायत जिल्ला कमिटीका सदस्यहरु, पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

May be an image of 2 people, dais and text that says 'जकताल परास्त गरौ जनताप बहदलिया जनवादको मागदशनमा समाजवादको आधार निर्माण गरौ अब्बल संगठन सबल नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (एमाले तारकेश्वर नगरपालिका- दोसो अधिवेशन- २०1 वडा कमि मिति: २००० फागुन समय: विहान :३० !निवार आयोजक स्थान: के.ए.वी. पाल कम्युनिष्ट पार्टी एम ਹ नगरपालिका-११, वड 8 % 8 ××××××'

वडा कमिटीको दोश्रो अधिवेशनबाट १३ सदस्यीय कमिटी चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा प्रज्वल बिक्रम थापा, सचिबमा मीना आचार्य र उपसचिवहरुमा अस्मिता धमला र राजेश महर्जन चयन हुनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस