• २०८३ बैशाख ६ गते आइतवार

१४ वर्षीया बालिकालाई गर्भवती बनाउने ६९ वर्षीय दिलबहादुरलाई १२ वर्ष कैद

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २६, इलाम । बालिका बलात्कार गर्ने माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ । बालिकालाई बलात्कार गरी गर्भवती बनाएको कसुरमा दिलबहादुरलाई अदालतले १२ वर्ष कैदसहित पाँच लाख जरिवाना र पीडित राहत कोषमा २० हजार जम्मा गर्नुपर्ने फैसला गरेको हो ।अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सो फैसला गरेको हो ।

दिलबहादुरसहित अन्य दुई जनाले बालिकामाथि पटक(पटक करणी गरेको भन्दै वि।सं २०७९ वैशाख १६ र जेठ २९ मा प्रहरीमा बेग्लाबेग्लै जाहेरी परेका थिए । वि.सं २०७९ असार २९ मा इलाम अस्पतालले पीडित बालिकाको गर्भ रहेको पुष्टि गरेको थियो । घटनाबारे २०७९ साउन १९ मा अदालतमा छुट्टाछुट्टै मुद्दाको अभियोग दर्ता भएको थियो ।

गर्भवती बालिका, गर्भपतन गराइएको शिशु र दिलबहादुरको डियोक्सिराइबो न्यूक्लिक एसिड (डिएनए) विधिविज्ञान प्रयोगशालामा परीक्षण गराउँदा मिलेको रिपोर्ट आएको अदालतले जनाएको छ ।अदालतले यही फागुन १५ गते दिलबहादुरको कसुर ठहर गरेको थियो ।

फैसलापछि दिलबहादुरलाई कारागार चलान गरिएको छ ।घटनाका थप दुई आरोपी भने बालिकामाथि करणी गरेको पुष्टि नभएपछि सफाइ पाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस