• २०८३ जेष्ठ १९ गते मङ्गलवार

योजना आयोगको सदस्यमा डा. सिंह नियुक्त

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २६, काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा डा. रमेशप्रसाद सिंहलाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रीपरिषद्को जेठ २४ गते बसेको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त रहेको सदस्य पदमा सिंहलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएकी हुन् ।

उनले शुक्रवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओलीलाई नियुक्त गर्ने गरिएको पनि बताइन ।

Sharing

प्रतिक्रिया दिनुहोस