बैशाख २६, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक विहिबार बस्ने भएको छ । कांग्रेसले शुक्रबार देखि शुरु हुने बजेट अधिवेशन बारे छलफल गर्न विहिबार अपराहन्न २ बजे संसदीय दलको बैठक बोलाएको हो ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ । यसअघि कांग्रेसको वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ ।