• २०८३ जेष्ठ ५ गते मङ्गलवार

राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायो उम्मेदवार

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २३, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यका लागि पार्टीका पूर्वमहामन्त्री कृष्ण सिटौलासहित १० जना उम्मेदवारको नाम टुंग्याएको छ। आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको टुंगो लगाएको हो।

कांग्रेसले कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला, आनन्द प्रसाद ढुंगाना (मधेश), बिष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत (बगमती), कृष्ण रोकाया (कर्णाली), नारायण दत्त भटट र बलदेव बोहरा (सुदुरपश्चिम), पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ (गण्डकी), बिष्णुदेवी सापकोटा (लुम्बिनी) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

यही माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि आज सोमबार उम्मेदवारको मनोनयन दर्ता गरिने भएको छ। पुस २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ।

Sharing

प्रतिक्रिया दिनुहोस