• २०८३ बैशाख ९ गते बुधवार

भरूवा बन्दुकसहित दुईजना पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २४, पर्वत। पर्वतको फलेवास नगरपालिका–११, पाङराङस्थित कर्नासको जंगलबाट भरूवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् ।

प्रहरी चौकी बाच्छाबाट खटिएको प्रहरीले धादिङको बेनीघाट रोराङ गाउँपालिका–६ घर भएका २७ वर्षीय सुजन तामाङसहित दुईजनालाई बुधबार राति पक्राउ गरेको हो ।

उनीहरू सोही ठाउँमा बाटोको लेवर काम गर्दै आइरहेका छन् । प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस