• २०८३ बैशाख ७ गते सोमवार

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। नयाँ सत्ता समीकरण बनेपछि पहिलो पटक बस्न लागेको प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन्।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्रीले शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिने भएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।

Sharing

प्रतिक्रिया दिनुहोस