माघ २४, दाङ। १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई किशोरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौराका २१ वर्षीय अशोक चौधरी र अर्का करिब १७ वर्षका किशोर छन्।

ती किशोरीलाई ललाई फकाई गरी बिवाह गर्छु भनी आफ्नो घरमा समेत राखेर जबरजस्ती करणी गरेको र सोही कारण किशोरीको पेटमा ६ महिनाको गर्भ रहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।