• २०८३ जेष्ठ २८ गते बिहिवार

राष्ट्रियसभा निर्वाचन : आयोगले निकाल्यो मतदाताको अन्तिम नामावली

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २२, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदाताहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ । अगाामी माघ ११ गते हुने निर्वाचनका लागि आयोगले आइतबार मतदाता नामावली सार्वजनिक गरेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने व्यवस्था रहेको छ ।

मतदातामध्ये प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रति मतदाता मतभार १९ रहेकोले मिति २०८० माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रदेश सभा सदस्यको कुल मतभार २९०९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कुल मतभार २८४६२ गरी जम्मा ५७५५९ मतभार रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस