• २०८३ मङ्सिर ४ गते बिहिवार

कोशी प्रदेशका मन्त्री अधिकारीद्वारा राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २१, विराटनगर। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

केही दिन अघि प्रदेश सरकारको स्वीकृति नलिइकन विदेश जानुभएका मन्त्री अधिकारीको आलोचना भएपछि उहाँले नैतिकताको आधारमा राजीनामा दिएको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।

मन्त्री अधिकारी गत जेठ ४ गते प्रदेशको मन्त्रीमा नियुक्त हुनुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस