• २०८३ भाद्र २३ गते मङ्गलवार

बंगलादेशकी विपक्षी नेता खालिदा जिया रिहा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २२, काठमाडौं । बंगलादेशकी विपक्षी दल बीएनपीकी नेतृ एवं पुर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई औपचारिक रुपमा रिहा गरिएको छ । बंगलादेशको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै खालिदा जियालाई हिरासतबाट रिहा गरिएको जानकारी दिएको ढाका ट्रीबुनले उल्लेख गरेको छ ।

साथै राष्ट्रपति कार्यालयले जुलाई १ देखि अगस्त ५ सम्म आन्दोलनमा सहभागी भएर हिरासतमा लिएका सबै विद्यार्थीहरुलाई समेत रिहा गरेको जनाएको छ ।

खालिदा जिया अनियमितताको आरोपमा २०१८ मा १७ बर्षको जेल सजाय काटीरहेकी थिइन् । त्यसपछि २०२० देखि भने कोरोना महामारीलाई ध्यानमा राख्दै उनलाई उनकै घरमा नजरबन्दमा राखिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस