• २०८३ साउन २७ गते बुधवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४, कञ्चनपुर। १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-१० शिवनगर बस्ने २१ वर्षीय बिक्रम चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हाे ।

बिक्रमले ती बालिकालाई सोही ठाउँस्थित गन्ना खेततर्फ लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस