• २०८३ बैशाख ८ गते मङ्गलवार

बझाङ प्रदेशसभाको उपनिर्वाचनमा १२ जनाको उम्मेदवारी दर्ता

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४, बझाङ । बझाङमा प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि १२ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङका अनुसार बेलुकी ५ बजेसम्मको समयभित्र १२ जनाको उम्मेदवारी परेको हो ।

२०७९ मङ्सिर ४ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

उम्मेदवार दर्ता गर्नेहरूमा
नेकपा एमालेबाट दमनबहादुर भण्डारी,
नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह,
नेकपा माओवादी केन्द्रबाट जनक बुढा,
नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह,
राष्ट्रिय मातृभूमि पार्टीबाट विनोदबहादुर थापा,
नेपाल मजदुर किसा पार्टीबाट खगेन्द्र बहादुर शाही,
नेशनल रिपब्लिक नेपालबाट कमल घर्तिमगर,
राप्रपाबाट किशोर कुमार खडका
जनता समाजवादी पार्टीबाट रामबहादुर जाग्री
नेपाल जनता दलबाट अशोक सुनार,
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खडका
जनमत पार्टीबाट सुशीला देबी विष्ट

Sharing

प्रतिक्रिया दिनुहोस