• २०८३ बैशाख १५ गते मङ्गलवार

केपी ओली कप फुटबल : खेल तालिका सार्वजनिक

उद्घाटन खेलमा आयोजक र चर्च ब्वाइज भिड्ने
खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ २३, काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा फागुन ११ गतेबाट १७ गतेसम्म सञ्चालन हुने लागेको केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको मङ्गलबार खेल तालिका सार्वजनिक गरेको छ । उद्घाटन खेलमा ललितपुरको च्यासल मैदानमा आयोजक केपी ओली एफसी र चर्च ब्वाइज युनाइटेड भिड्ने भएका छन् ।

प्रतियोगितामा दुई विदेशी सहित १० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । जसमा ‘ए’ डिभिजनका मनाङ मर्स्याङ्दी, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी क्लब, थ्री स्टार, जावलाखेल यूथ क्लब, विदेशी पारो एफसी (भुटान), मानेभञ्ज्याङ एफसी (भारत) र आयोजकको केपी ओली एफसीले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउनेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीलाई जनही ५० हजार तथा प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार र म्यान अफ दि म्याचलाई १५ हजार रुपियाँ प्रदान गरिने बताइएको छ ।

प्रतियोगिताको फाइनल खेल दशरथ रङ्गशालामा हुनेछ ।

May be an image of text that says 'KP OLI CUP 2024 KP OLI CUP FOOTBALL CHAMPIONSHIP 11th-19th Falgun, 2080, Kathmandu JAWALAKHEL YC FIXTURES POLOOTBALLCU DELHI FC CHURCH BOYS MANEBHANJYANGFC SEMI FINAL SEMI FINAL-1 MANANG MARSYANGOI TRIBHUVAN ARMYF THREE A NEPAL POLICE CLUB MACHHINDRAFC MATCH THE FINAL DATE 11Falqun 2080 MATCH KP KICK-OFF 2080 Falgur BOYS UNITED VENUE ANFA Complex 2080 REST MANANG MARSHYANGD THREE FOOTBALL CLUB NEPAL MANEBHANJYANGF FOOTBALL JAWALAKHEL WINNER WINNER MATCH FOOTBALL 11:30Hrs 15:00Hrs Falun Complex ANFA complex WINNER 11:30Hrs MATCH Falgun 2080 WINNER Complex MATCH2 FINAL WINNER OF MATCH VS WINNER Dashrath Stadium MATCH8 17:00Hrs OrganizedBy: NATIONAL YOUTH FEDERATION NEPAL LIVE max khaiti'

Sharing

प्रतिक्रिया दिनुहोस