माघ २३, काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका ३ जना र जिल्ला अदालतका ९ न्यायाधीशहरूको सरुवा गरेको छ। मंगलबार बिहान बसेको न्यायपरिषद्को बैठकले उच्च अदालतका ३ न्यायाधीशको काज सरुवा सिफारिस गरेको हो।

न्यायपरिषद्ले उच्च अदालत सुर्खेतका रामेश्वर रेग्मीलाई उच्च अदालत पाटनमा काज सरुवा सिफारिस गरेको छ। त्यसैगरी उच्च अदालत सुर्खेतका काजीबहादुर राईलाई उच्च अदालत विराटनगरको इलाम इजलासमा काज सरुवा गरिएको छ। उता उच्च अदालत तुलसीपुर बुटवल इजालसका विष्णुप्रसाद अर्याललाई उच्च अदालत तुलसीपुरमा काज सिफारिस गरिएको छ। न्यायपरिषद्ले जिल्ला अदालतका ६ जना न्यायाधीशको पनि सरुवा सिफारिस गरेको छ।
जसअनुसार जिल्ला अदालत कास्कीका ऋषिराम आचार्यको जिल्ला अदालत ललितपुरमा सरुवा सिफारिस भएको छ। त्यस्तै जिल्ला अदालत सुनसरीका हरिप्रसाद कोइरालाको जिल्ला अदालत कास्कीमा सरुवा सिफारिस गरिएको छ। उता जिल्ला अदालत कास्कीबाट अवनी मैनाली भट्टराईको जिल्ला अदालत मकवानपुरमा सरुवा सिफारिस भएको छ।