• २०८३ असार ९ गते मङ्गलवार

मकवानपुरको साततलेमा गाडी दुर्घटना हुँदा चालकसहित ३ जना घाइते

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १९, मकवानपुर। मकवानपुरको बाग्मती गाउँपालिका–८ मा रहेको साततलेमा गाडी दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् । काठमाण्डाैबाट धरानका लागि छुटेको प्रदेश १–०२०–००१ ज ४३२८ नम्बरको विद्युतीय गाडी हेटौँडा–चतरा–धरान सडक खण्डको साततलेमा पल्टिँदा चालकसहित तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइतेहरूको हेटौँडा उपमहागनरपालिका–११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । गाडीमा १२ जना थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस