• २०८३ बैशाख १९ गते शनिवार

मतगणना सकिएपछि मोदीले दिए राजीनामा

खब24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, काठमाडौँ । लोकसभा चुनावको नतिजापछि प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले बुझाएको मन्त्रिपरिषद्सहितको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको र प्रधानमन्त्रीलाई नयाँ सरकार गठन नभएसम्म कार्यभार सम्हाल्न आग्रह गरेकी छन् ।

मंगलबार भएको लोकसभा चुनावको मतगणनामा भाजपाले २४० सिट जितेको छ भने कांग्रेसले ९९ सिट जितेको छ । यस चुनावमा समाजवादी पार्टीले ३७ सिट जितेको छ भने टीएमसी २९ सिटसहित चौथो स्थानमा छ ।

भाजपासहितको गठबन्धनले भने २९२ सिटसहित बहुमत हासिल गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस