• २०८३ कार्तिक २१ गते शुक्रवार

डी पी खनालको शब्द र बिक्रम राइको संगीतमा ‘यि आँखालाई ‘ रिलिज (भिडियोसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
चैत २३, काठमाडौं । चर्चित गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत ‘यि आँखालाई ‘ सार्वजनिक भएको छ । लोकप्रिय गीतकार डी पी खनालको शब्दरचना र बिक्रम राइको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ ।
मुस्ताङ्ग जिल्लाको हिमाली काखको मनमोहक ठाउमा खिचिएको भिडियोमा प्रभातपाल ठकुरी  र सोफी धरेलको अभिनय रहेको छ । केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र दिन्सन शाहकोको सम्पादन रहेको छ । भिडियोलाई म्युजिक जक्सन नेपाल (Music Junction Nepal)को यु ट्युब च्यानलबाट रिलिज गरिएको हो ।
लामो समय देखि नेपाली सांगीतिक क्षेत्रमा लागेका गायक हसन राईको यस अघि पनि धेरै गीतहरु सार्वजनिक भैसकेका छन् ।
https://youtu.be/v1v385i9q9g?si=duFXENL4YsDSk0xo

Sharing

प्रतिक्रिया दिनुहोस