• २०८३ मङ्सिर ४ गते बिहिवार

डडेल्धुरामा निस्सासिएर २ जनाको मृत्यु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २२, डडेल्धुरा । डडेल्धुरामा निस्सासिएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ मालमकि ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियालको मृत्यु भएको हाे ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकका अनुसार बिहान बेहोस भेटिएका उनीहरूलाई डडेल्धुरा अस्पताल ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेकाे हाे । उनका अनुसार मृतक दुबै सास बुहारी हुन ।

कोठामा आगो बालेर झ्याल ढोका बन्द गरी सुतेको कारणले निस्सासिएर मृत्यु भएको अनुमान गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस