पौष २०, काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको १९ वटै सीटमा उम्मेदवारी दिने भएकाे छ । शुक्रबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले १९ वटै पदमा उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

बैठकमा सिफारिस भएर आएका उम्मेदवारहरुबारे क्लस्टरअनुसार छलफल गरेको उनले बताए