पौष २०, काठमाडौं । सशस्त्र प्रहरी बलले अधिकृतसहित विभिन्न पदमा भर्ना खोलेको छ। सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित विभिन्न पदमा २८८ जना कर्मचारी माग गरेको हो।

सशस्त्र प्रहरीले इन्सपेक्टर ९९ जना माग गरेको छ। यस्तै, सहायक निरीक्षक (असई) ९८ जना, परिचर (भान्से) ६५ जना माग गरेको छ। यस्तै, कुचिकार १० जना, सूचिकार ४ जना, केशकर्तक ४ जना, चर्मकर्मी ५ जना र माली ३ जना माग गरेको छ।
सशस्त्र प्रहरीद्वारा माग भएका पदमा योग्यता पुगेका इच्छुक व्यक्तिले पुस २० गते, शुक्रबारदेखि माघ २१ गतेसम्म आवेदन दिन पाउनेछन्। यस्तै, दोब्बर दस्तुर बुझाएर माघ २८ गतेसम्म आवेदन दिन सकिनेछ।
