माघ २१, काठमाडौं । सत्तारुढ जनमत पार्टीले तत्काल सरकारबाट मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको छ । पार्टीको आइतबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले अहिले संघीय सरकारबाट मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको हो । जनताको कामलाई सशक्तरुपमा उठाउने सो पार्टीले जनाएको छ । बैठकमा अध्यक्ष सीके राउतले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । पार्टीले आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राजधानीमा वृहत् आमसभा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए ।
यसअघि मधेश सरकारबाट जनमत बाहिरिसकेको छ ।