• २०८३ बैशाख ८ गते मङ्गलवार

मलेसिया, जापान  र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिहरू पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पाैष १९,  काठमाडौं । मलेसिया पठाइदिन्छु भन्दै ४ लाख ९४ हजार ५ सय रूपैयाँ ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३१ शान्तीनगर बस्ने २७ वर्षीय बलराम कुमार महतोलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महतोले २ जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।

 जापान पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ 
जापान पठाइदिन्छु भन्दै ६ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-३ बानियाँटार बस्ने ५० वर्षीय गणेश कुमार कुलुङ राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले २ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाई प्रतिष्ठित होटलमा मासिक २ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं माछापोखरीबाट पक्राउ गरेको हो ।

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ
पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पोर्चुगल पठाइदिन्छु भन्दै ९ लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा नुवाकोट पंचकन्या गाउँपालिका(२ घर भई काठमाडौं टोखा नगरपालिका(११ मनमैजु बस्ने २२ वर्षीया रचना थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

थापाले १ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख ३० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मनमैजुबाट पक्राउ गरेको हो ।

उनिहरू तिनैलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस