मंसिर १८, काठमाडौं । रवि भोपारको अर्धशतकसँगै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६१ रन बनाएको हो।

एनपीएलः खुसी साट्दै पोखराका खेलाडी
काठमाडौँ, १८ मङ्सिरः
कीर्तिपुर किक्रेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) किक्रेट प्रतियोगितामा मङ्गलबार चितवन राइनोजको विकेट लिएपछि खुसी साट्दै पोखरा एभेन्जर्सका खेलाडी ।
पोखरा एभेन्जर्सविरूद्ध चितवन राइनोजले पहिला ब्याटिङ गरिरहेको छ । तस्बिरः प्रदीपराज वन्त÷रासस
चितवनका रविले अर्धशतकीय इनिङ्स खेले। ३८ बल खेलेका उनले समान तीन चौका र छक्कासहहित ५१ रन प्रहार गरे। कप्तान कुशल मल्ल ३८ रनमा आउट हुँदा शरद भेष्वाकरण ११ र अमर रौटेला १३ रनमा अविजित रहे।
पोखराका विपिन खत्री, बास डे लिडे र रेमन रेफरले समान दुई विकेट लिए।