• २०८३ असार ६ गते शनिवार

सुनचाँदीको मुल्य घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २१, काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक हजारले घटेर १ लाख ४१ हजार कायम भएको छ ।

त्यस्तै तेजाबी सुन १ लाख ४० हजार ३०० पुगेको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा १५ रुपैयाँले घटेर चाँदी १८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस