• २०८३ मङ्सिर ७ गते आइतवार

केपी ओली कप : एनआरटीलाई ५-४ ले हराउँदै मछिन्द्र च्याम्पियन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १९, काठमाडौं । मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी हात पारेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा न्युरोड टिम (एनआरटी) लाई ५-४ ले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो ।

दोस्रो संस्कररणको केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा आज मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटी प्रतिस्पर्धा भएको हो । प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस