• २०८३ जेष्ठ २० गते बुधवार

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १७, काठमाडौं । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका-३ गिरीटोल घर भई ललितपुर गोदावरी नगरपालिका-६ बस्ने ५० वर्षीय कृष्ण कुमार दाहाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-२६ चापागाउँबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस