• २०८३ मङ्सिर ७ गते आइतवार

वाफ वुमन्स च्याम्पियनसिप : नेपाललाई हराउँदै जोर्डन च्याम्पियन

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १८, काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ । फाइनल खेलमा नेपाललाई हराउँदै जोर्डनले प्रतियोगिताको उपाधि जितेको हो ।

जेद्दाहस्थित प्रिन्स अब्दुलल्ह अल-फैसल स्पोर्ट्स सिटी मैदानमा भएको फाइनल खेल निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो । फाइनल खेलमा जोर्डनलाई कडा चुनौती दिएको नेपालले पेनाल्टी सुटआउटमा पराजित भएकाे हाे ।

पेनाल्टीसुटबउटमा जोर्डनले प्रहार गरेका पाँचै पेनाल्टी गोल भयो । नेपालका लागि गीता राना, दीपा शाही र हिरा कुमारी भुजेलले गोल गर्दा अमृता जैशीको पेनाल्टी जोर्डनी किपरले बचाइन । जोर्डनले छैटौं पटक वाफ च्याम्पियनसिप उपाधि जितेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस