• २०८३ जेष्ठ १ गते शुक्रवार

बैकिङ कसुर मुद्दामा फरार पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १८, काठमाडौं । बैकिङ कसुर मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा पूर्वखोला गाउँपालिका २ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका ५ नयाँबस्ती डेरा गरी बस्ने वर्ष ४० को रेवत बहादुर राना रहेका छन् ।

बैकिङ कसुर मुद्दाहरुमा २४ दिन कैद सजाय,७५ लाख जरीवाना र ७५ लाख जाहेरवालाहरुलाई बिगो भराई क्षतिपुर्ति बापत पीडित राहतकोषमा ३,००,००० जम्मा गराउने ठहर भई मिति २०७७/८/२१ गते उच्च अदातल पाटन, ललितपुरमा फैसला भएकाे थियाे ।

फरार रहेका उनलाई यस कार्यालयबाट खटिगएको प्रहरी टोलीले १८ गते जिल्ला काठमाडाैं गोकर्णेश्वर नगरपालिका ५ नयाँवस्तीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडाैं जिल्ला अदालत पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस