माघ १८, काठमाडौँ । व्यवसायी अरुण चौधरी बिहीबार पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई लाजिम्पाटबाट पक्राउ गरेको हो।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा आफ्नो बनाएको उनीमाथि आरोप छ ।