• २०८३ जेष्ठ ३० गते शनिवार

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १८, कञ्चनपुर। कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३, आईबीआरडीमा पोलमा तार विस्तार गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको हो।

बुधवार बिहान ११ हजार भोल्टको करेन्ट लागेर ३२ वर्षीय राधेश्याम रानाको मृत्यु भएको छ। अस्थायी प्रहरी पोस्ट आईबीआरडीको नजिक पुनर्वास नगरपालिका वडा नम्बर १ पुरैनाका रानाको मृत्यु भएको हो।

काम भईरहेको क्षेत्रको ट्रान्सफर्मरबाट ठेकेदार कम्पनीका कर्मचारीले विधुत कटौती गरी काम सुरु गरेका थिए। तर, १५ मिनेट पछि एक्कासि विधुत सुचारु हुँदा उनी पोलबाट खसेका हुन। घाइते भएका रानाको उपचारका क्रममा माया मेट्रो हस्पिटल धनगढीमा मृत्यु भएको हाे ।

Sharing

प्रतिक्रिया दिनुहोस