• २०८३ बैशाख ९ गते बुधवार

सामाजिक सञ्जालमा नेतृत्वलाई निचा र आफूलाई उच्च देखाउँने प्रवृति बढ्यो : अर्थमन्त्री महत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १५, काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले कांग्रेसकै नेताहरुले सामाजिक सञ्जालमा नेतृत्वलाई निचा देखाउँने र आफूलाई उच्च देखाउँने काम गरेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा कांग्रेसका प्रवक्ता समेत रहेका महतले कांग्रसले गरेको राम्रो कामको प्रचार नगर्ने तर एक अर्काको कमजोरीको चाहिँ प्रचार गर्ने प्रवृतिले पार्टी बलियो नहुने बताए ।

उनले भने,‘नेपाली कांग्रेसले काम गर्छ तर प्रचार गर्दैन। प्रचार चाँहि एक अर्काको कमजोरीको गर्छौ । सामाजिक सञ्जाल छदैँ छ जताततै पुगिहाल्छ, सामाजिक सञ्जालमा एक अर्कालाई होच्याउँने काम बन्द गरौं । संयन्त्र छ त्यहाँ छलफल गरौं हामीले गरेको काम जनताको बीचमा पु¥याउ नेतृत्वलाई निचा देखाउँने र आफूलाई उच्च देखाउँने प्रवृतिले पार्टी बलियो हुँदैन् ।’

नेता महतले सबै नकारात्मक सोचलाई पछाडि छोडेर चुनाव मिसन ८४ मा लाग्नु पर्ने धारणा पनि राखे ।

Sharing

प्रतिक्रिया दिनुहोस