• २०८३ जेष्ठ २३ गते शनिवार

भारतको नक्साको विरोधमा राष्ट्रिय युवा संघको राँके जुलुस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १७, काठमाडौँ । भारतले आफ्नो नवनिर्मित संसद् भवनमा नेपाली भूमि समावेश भएको अखण्ड भारतको नक्साको राखेपछि एमालेको भ्रातृस‌ंगठन राष्ट्रिय युवा संघ नेपालले राँके जुलुससहित पुत्ला दहन गरेको छ । बुधबार नेकपा एमालेको भ्रातृस‌ंगठन युवा संघ नेपालले राँके जुलुससहित पुत्ला दहन गरेको हो ।

यसअघि संयुक्त संगठनले पनि सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले नाराबाजी गर्दै भारतको नक्सालाई समेत जलाएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस