• २०८३ बैशाख ७ गते सोमवार

पूर्णबहादुर खड्का कार्यवाहक प्रधानमन्त्री

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १७, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिनको लागि भारत भ्रमणमा गएपछि खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हाे ।

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यलयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस