• २०८३ बैशाख २९ गते मङ्गलवार

निरा पाण्डेको हत्या आरोपीलाई झापाबाट काठमाडौं ल्याइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १७, काठमाडौं ।  निरा पाण्डेको हत्या आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई झापाबाट काठमाडौं ल्याइएको छ ।

काठमाडौंको कपनस्थित सरस्वतीनगरमा ७ वैशाखमा भएको पाण्डेको हत्या आरोपमा शनिबा झापामा पक्राउ परेका विश्वकर्मालाई आइतबार काठमाडौं ल्याइएको हो । उनलाई आइतबार नै सार्वजनिक गर्ने तयारी प्रहरीको छ ।

लुटपाटको उद्देश्यले हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको प्रहरीले पाण्डेले लगाएको सुनको सिक्री पनि बरामद गरेको जनाएको छ । उक्त सिक्री बानेश्वरको एक पसलबाट भेटिएको र प्रारम्भिक बयानमा आरोपी विश्वकर्माले पनि हत्या स्वीकारेको प्रहरीको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस