• २०८३ असार १६ गते मङ्गलवार

भोलिसम्म समस्या समाधान गर्ने निर्णय भएको छ – महावीर पुन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १७, काठमाडौँ ।  सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीचको वार्ता सकारात्मक भएको छ ।

आइतबार सिंहदरबारमा उप्रपधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँगको वार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले वार्ता सकारात्मक भएको बताएका हुन् ।

‘अहिले हामीले आज बेलुका पाँच बजेभित्रमा दुबै पक्षको एउटा टोली गठन गरेर सकेसम्म आज रातारात गर्ने नभए भोलिसम्ममा यो समस्या समाधान गर्ने भनेर निर्णय भएको छ ।’ पुनले भने ।

पुन तीन दिनदेखि माइतीघरमा आन्दोलनरत छन् । सरकारले नवप्रवर्तन, अनुसन्धान र आविष्कारलाई महत्व नदिएको भन्दै उनी आन्दोलनमा उत्रिएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस