• २०८३ जेष्ठ ४ गते सोमवार

नौ दिन पछि निरु पाण्डे हत्यामा संलग्न झापावाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १७, काठमाडौं । निरा पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । प्रहरीले पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा ९ दिन पछि झापावाट विनोद विकलाई पक्राउ गरेको हो । उनी शनिवार पक्राउ परेका हुन ।

कपनको सरस्वतीनगरीस्थित निरु किचन सञ्चालन गर्दै आएकी पाण्डेको गत वैशाख ७ मा रहस्यमय तरिकाले हत्या भएको थियो । प्रहरी स्रोतका अनुसार बिकलाई झापा नै पुगेर पक्राउ गरिएको हो, उनी काठमाडौंमा पाण्डेको हत्या गरी झापातर्फ फरार भएका थिए ।

नौ दिनसम्म पनि पाण्डेको हत्यारालाई पक्राउ नगरेको भन्दै आफान्तजनले शनिवार मात्रै काठमाडौंमा प्रदर्शन गरेका थिए भने सरकारले शुक्रबार मात्रै बिशेष छानबिन समिति गठन गरेको थियो । उनको हत्यारालाई पक्राउ गर्नका लागि गगन थापालगायतले संसदमा पनि आवाज उठाएका थिए ।

नौ दिन पछि पक्राउ परेका बिकलाई औपचारिक रुपमा आइतवार मात्रै सार्वजनिक गर्ने जनाईएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस