पौष १३, काठमाडौं । ललितपुरको ग्वार्कोमा भएको ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडपमा एक युवकको ज्यान गएको छ। प्रहरीले अश्रुग्यास र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा घाइते भएकामध्ये एक युवकको किष्ट अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

ग्वार्कोमा भौतिक पूर्वाधार मन्त्रालयको गाडी जलाइएपछि अवस्था तनावग्रस्त भएको थियो। मृत्यु हुने करिब २३ वर्षीय सुजन राउत रहेको इमाडोलस्थित किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले जानकारी दिए ।
ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत् कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । त्यसक्रममा राउतमाथि गोली लागेको हो । उनलाई उपचारका लागि किष्ट अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । राउतको छातीमा निलदाम देखिएको पाठकले बताए।