• २०८३ बैशाख २१ गते सोमवार

कोरियामा फेरी एक नेपालीको मृत्यु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १३, काठमाडौं । इपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया गएका एक नेपालीको मृत्यु भएको छ। झापा बुद्धशान्तिस्थित बुधबारे- ७ घर भई हाल दक्षिण कोरियामा कार्यरत पदम न्यौपानेको शुक्रबार मृत्यु भएको हाे ।

बिहीबार राति काम सकेर सुतेका न्यौपाने शुक्रबार बिहान ६ बजेसम्म पनि नउठेपछि कम्पनीमा सँगै काम गर्ने साथीले हेर्न जाँदा मृतावस्थामा फेला परेका थिए। लगत्तै उनीहरूले कोरियाको प्रहरीलाई खबर गरेका थिए।

घटनाको आवश्यक छानबिन ‍भइरहेको छ। यो सँगै दक्षिण कोरियामा एक साताभित्रमा मृत्यु हुने नेपालीको संख्या ६ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस